चितवन मेडिकल कलेज भन्छ : “विद्यार्थी आन्दोलन राजनीतिक अभिष्ट र स्थापित हुने भ¥याङ” (भिडियो)

चितवन : मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनमा राजनितिक घुसपेठ भएको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले बताएको छ ।
आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै कलेज प्रशासनले कसैका राजनीतिक अभिष्ट पूरा गर्ने, राजनीतिक रुपमा स्थापित हुन भ¥याङ बनाउने र नितान्त दुःख दिने हिसावले आन्दोलन भएको जनाएको हो ।
कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले भने, जे जसरी विषयवस्तुहरु आइरहेका छन् त्यसको अन्तर्य नबझुने कुरै भएन । कलेज प्रशासनले पटकपटक विषय स्पष्ट पारिसक्दासमेत आन्दोलन नरोक्नु, विभिन्न स्वार्थ समूहहरुको उक्साहट र योजनामा लाग्नुको भित्रि रहस्य के होला ? के हुन सक्ला ? आन्दोलनरत विद्यार्थीहरुले बेलैमा बुझनुपर्ने आवश्यकता छ ।

चितवन मेडिकल कलेजकाे पत्रकार सम्मेलन

Gepostet von Sauraha online am Mittwoch, 18. September 2019

मेडिकल सिटी चितवनको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)को विद्यार्थी आन्दोलन बारेमा कलेजले आज आफ्नो धारण राख्दै यस्तो संज्ञा दिएको हो ।
सो पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डाक्टर दयाराम लम्साललेलम्सालले वैज्ञानिक हिसावले चिकित्सा शिक्षा सुरु हुनुपर्ने भन्दै आफूहरुले छलफल र बहस अगाडि बढाएको बताए । लामो समयदेखि कलेजको पढाई रोकिएको उल्लेख गर्दै कलेजको शैक्षिक क्यालेन्डर नबिग्रिओस् भन्ने आफूहरुले चाहेको बताए । विद्यार्थीहरुलाई आन्दोलन रोकेर वार्ता र छलफलमा आउन समेत लम्सालले आग्रह गरेका छन् । पत्रकार सम्मेलनका क्रममा अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले एमबीबीएसका विद्यार्थीहरुसँग अतिरिक्त शुल्क नअसुलेको बताए । त्रिविले एमबीबीएसको ट्युसन फिको लागि तोकेको ४२ लाख ४५ हजार रुपैयाँ तथा पुस्तकालय, नियमित परीक्षालगायतका विभिन्न शीर्षकमा ६ लाख रुपैयाँ लिने गरेको देवकोटाले बताए । विद्यार्थीहरुले सो ६ लाख रुपैयाँको समेत रसिद पाउने देवकोटाको भनाइ छ ।
उनले अगाडी भने, सरकार र सरकारी निकायसँग सम्बन्धित मागहरू उठाएर एउटा निश्चित मेडिकल कलेजलाई दुःख दिनु आफैमा कतिसम्म न्योचित छ ? आन्दोलनका नाममा विद्यार्थीहरुको पठन पाठन ठप्प बनाइनु, बिरामीहरूको उपचार गराउन पाउने अधिकारलाई थुनछेक गर्न खोज्नु आफैंमा गैरकानुनी कार्य हुन् ।
आफूहरुले मेडिकल शिक्षामा बढी शुल्क नलिएको उल्लेख गर्दै अस्पतालका क्लिनिकल डाइरेक्टर डाक्टर गोपेन्द्र देवले सरकारले शुल्कको बारेमा लिखित निर्देशन दिएमा त्यसको पालना गर्ने बताए । सरकारको संसदीय समितिले मेडिकल विद्यार्थीहरुलाई पैसा फिर्ता गर्न निर्देशन दिएको अवस्थामा त्यो पालना गर्ने देवको भनाइ छ । मेडिकल शिक्षा सम्बन्धी विधेयकलाई नै आधार मानेर चितवन मेडिकल कलेजले शुल्क लिने गरेको देवले बताए ।

प्रेस विज्ञप्ती
यस मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले विगत केही समयदेखि शूल्क सम्बन्धी बिषयलाई लिएर गरिरहेको आन्दोलनका कारणले चिकित्सा क्षेत्रमा आफ्नो उज्वल भविश्य निर्माणको लागि अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा परेको अप्ठ्यारो र शिक्षकहरु प्रति समेत दुब्र्यवहार भएको प्रति कलेज प्रशासन गम्भिर बनेको छ ।
देशभरका मेडिकल कलेजहरूले लिदै आएको शूल्क सम्बन्धी विवाद, त्यसको यथार्थ अवस्था र समस्या समाधानको लागि सरकार तथा संसदीय उपसमितिले अध्ययन र अनुसन्धान गरी तयार पारेको प्रतिवेदन बुझाइसकेको ब्यहोरा सम्पूर्णमा जानकारी नै छ ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १४ को खण्ड (ख) अनुसार विद्यार्थीहरुको शूल्क निर्धारण गर्ने अधिकार विश्वविद्यालय कार्यकारी परिषदमा रहेको ह“ुदा सो अनुसार शुल्क निर्धारण गरी कार्यान्वयन गर्नु गराउनु भनि नेपाल सरकार शिक्षा मन्त्रालयको च.न. ५५९ मिति २०७३÷१२÷०१ को पत्रअनुसार निजी क्षेत्रमा सञ्चालित सम्बन्धन प्राप्त उपत्यका बाहिरका मेडिकल कलेजहरुको लागि तोकिएको शूल्क नै चितवन मेडिकल कलेजले लिदै आएको छ । छात्राबास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परिक्षा शूल्क लगायतका अन्य शीर्षकमा लाग्ने शूल्क तोकिए बमोजिम नै लिदै आएको ब्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, पत्रकार एवम् चिकित्सा क्षेत्रमा सरोकार राख्ने सबै निकायहरु समक्ष पुनः स्पष्ट गराउन चाहान्छौं ।
कानुनी राज्यमा कानुनद्धारा निद्धिष्ट गरिएका नीति, नियम र निर्देशन अनुसार नै चल्नु हामी सबै सचेत नागरिकहरुको दायित्व र कर्तब्य हुन आउँछ ।
पछिल्लो समयमा चितवन मेडिकल कलेजलाई मात्रै लक्षित गरेर, जेहेन्दार तथा नियमित रुपमा अध्ययन गर्न चाहने विद्यार्थीहरु लाई प्रयोग गरी, कसैका राजनीतिक अभिष्ट पूरा गर्ने, राजनीतिक रुपमा स्थापित हुन भ¥याङ बनाउने र नितान्त दुःख दिने हिसावले जे जसरी विषयवस्तुहरु आइरहेका छन् त्यसको अन्तर्य नबझुने कुरै भएन ।
सरकार र सरकारी निकायसँग सम्बन्धित मागहरू उठाएर एउटा निश्चित मेडिकल कलेजलाई दुःख दिनु आफैमा कतिसम्म न्योचित छ ? आन्दोलनका नाममा विद्यार्थीहरुको पठन पाठन ठप्प बनाइनु, बिरामीहरूको उपचार गराउन पाउने अधिकारलाई थुनछेक गर्न खोज्नु आफैंमा गैरकानुनी कार्य हुन् ।
चितवन मेडिकल कलेजसँग मात्रै सम्बन्धित मागहरुका बारेमा वार्ता, आपसी छलफल र सहमतीबाट समस्याका निकास खोज्न हामी तयार भएको कुरा पटकपटक स्पष्ट गरिसकेका छौ । यसै क्रममा मिति २०७६ भदौ २६ गतेमा जिल्ला प्रहरी कार्यालय चितवनमा विद्यार्थी र कलेज प्रशासन विच सौहार्दपूर्ण छलफल हुदाहुदै पनि कलेजका थप विभागहरुमा तालाबन्दी गरिनु अत्यन्तै गैरजिम्मेवारीपूर्ण हो ।
शूल्क सम्बन्धी विवादका सम्बन्धमा सरकारद्धारा गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालयबाट निर्देशन भई आएका र आउने निति नियमको पूर्ण पालना गर्न चितवन मेडिकल कलेज प्रशासन सदैव तयार रहेको समेत प्रतिवद्धता ब्यक्त गर्दछांै ।
कलेज प्रशासनले पटकपटक विषय स्पष्ट पारिसक्दासमेत आन्दोलन नरोक्नु, विभिन्न स्वार्थ समूहहरुको उक्साहट र योजनामा लाग्नुको भित्रि रहस्य के होला ? के हुन सक्ला ? आन्दोलनरत विद्यार्थीहरुले बेलैमा बुझनुपर्ने आवश्यकता छ ।
अतः कलेज विद्यार्थीहरुको हो, विद्यार्थी कलेजका हुन् । कलेजसँग सम्बन्धित माग पूरा गर्न कलेज प्रशासनले सधै उदारता देखाउँछ, देखाउँदै आएको छ । आउनुस्, वार्ताको टेवलमा बसौ, समस्याको निकास बार्तावाट निकालौ । अनावश्यक स्वार्थ समूहको राजनीतिक उद्धेश्यलाई सचेत विद्यार्थीको माग भित्र घुसाउन नदिऔं । किनकी यहाँहरु पढ्न आउनुभएको हो, हामी पढाउन बसेका हौं । गुणस्तरीय शिक्षा पाउने यहाँहरुको अधिकारको ग्यारेन्टी गर्न कलेज प्रशासन सधै तयार छ ।
…………………………
चितवन मेडिकल कलेज
भरतपुर, चितवन
मिति : २०७६/०६/०१