भारतमा ई–सिगरेट प्रतिबन्धित

एजेन्सी :  भारत सरकारले ई–सिगरेटमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय मन्त्रिपरिषद् बैठकले ई–सिगरेटको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।

मन्त्रिपरिषद्ले ई–सिगरेटको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाउने निर्णय गरेको वित्तमन्त्री निर्मला सीतारमणले बताइन् । ई–सिगरेटमा लगाइएको प्रतिबन्धका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ई–सिगरेटका साथ उपस्थित भएकी मन्त्री सीतारमणले ई–सिगरेटले स्वास्थ्यमा पुर्याउने खतराका बारेमासमेत जानकारी दिएको भारतीय सञचार माध्यमहरुले जनाएका छन् ।