राजधानीको कपनमा हात मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं : काठमाडौंको कपनमा एक महिलाको शव हात र मुख बाँधिएको अवस्थामा फेला परेको छ। स्थानीय तेन्जिङ चोकमा ४० वर्षीय कमला कार्कीको शब फेला परेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ। कार्कीको हत्या आशंका गर्दै प्रहरीलाई दुई जनालाई पक्राउ गरेको छ। किराना र मदिरा पसल चलाउँदै आएकी कार्कीको हत्या आशंका अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्कीसँगै बस्ने एक युवती र उनका केटा साथी पक्राउ परेका हुन्।