धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

जनकपुर  :  धनुषामा एकजना हतियारसहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नं। २ का ३२ वर्षीय मनिस मिश्रलाई कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।  धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार मिश्रको साथबाट एक थान कटुवा पेस्तोल, ७।६२ एमएमको २ राउण्ड गोली बरामद भएको छ ।