आदत

मुटुभित्र दुखाउने घाउ त्यो पुरानै
दुखाएरै जाने उसको दाउ त्यो पुरानै

विर्सन त खोजेँ तर भनेजस्तो कहाँ
डुबाउने जिन्दगीको तलाउ त्यो पुरानै

तिर्नु थियो थोरै ऋण जीवन बाँच्ने सिकाइको
लिलामी नै गर्यो आखिर साहु त्यो पुरानै

फर्कन्छु लौ भन्छु र नि किन तान्छ यो सहरले
बिर्साएर आफ्नो प्यारो गाउँ त्यो पुरानै

मेट्छु मेट्छु भने पनि मर्नु गाह्रो हुने रैछ
निकाल्नलाई अन्तरमनको छा

 

पिपला ढुङ्गाना

 

उ त्यो पुरानै ११