सौराहामा सुरु भो जिल्ला लिग फुटबल प्रतियोगित

चितवन : पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । सौराहाको युवाहरुको साझा संस्था सौराहा युवा समाजको सहकार्यमा चितवन जिल्ला फुटबल संघले आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको एक समारोहका विच  रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले उद्धघाटन गरेका थिए । भने पहिलो दिनको नारायणगढ फुटबल क्लब र युनिक फुटबल क्लब विच भएको खेलमा दुवैको तर्फबाट एक एक गोल भएका कारण खेल डर्र भएको सौराहा युवा समाजका अध्यक्ष रणबहादुर घलेले जानकारी दिए ।   
स्थापनकालदेखि समाजिक सेवा सक्रिय समाज सौराहाको विकास र प्रर्वद्धनका लागि विभिन्न रचनात्मक कार्य समेत गर्दै आएको छ । विभिन्न समउमा सरसफाई अभियानलाई विशेष रुपमा ध्यानमा राखेको समेत समाजका सल्लाहकार सागर गिरी बताए । सल्लाहकार गिरीको संयोजकत्वमा सुरु प्रतियोगितामा संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न र क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटट्राई, युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारी लगायतले बोलेका थिए ।