चितवन निकुञ्ज संरक्षणमा सेनाको चासो : बटुक दल गणद्धारा संरक्षणको अभियानलाई तीव्र (फोटोफिचर)

चितवन : मुलुकको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणको अभियानलाई तीव्र पारिएको छ ।
जनस्तरबाटै संरक्षणमा स्थानिय तथा विद्यार्थीहरुलाई अग्रसर गराउन नेपाली सेनाको बटुक दल गणले अभियानलाई तीव्र पारेको हो ।
निकुञ्जको सुरक्षार्थ खटिएको बटूक दल गणमा नयाँ गणपति प्रमुख सेनानी अरुण श्रेष्ठको आगमनसगैँ यतिवेला निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षणमुलक विविध सचेतना मुलुक कार्यक्रमहरु भईरहेका छन् ।          

प्रकृति संरक्षण कार्य सबै जनाको सामुहिक प्रयासबाट सफल हुने तथ्यलाई मनन् गरी संरक्षण कार्यको त्रिकोण (समुदाय, नेपाली सेना र निकुञ्ज प्रशासन) लाई मुख्य आधार मानिएको छ, गणपति श्रेष्ठले भने, स्थानिय समुदायहरुमा प्रकृति संरक्षण सम्बन्धी चेतनामा अभिबृद्धि गर्न, संरक्षण कार्यमा अभिप्रेरीत गर्न तथा सहकार्य र समन्वयमा बृद्धि गर्ने उद्देश्यका साथ यस सचेतनामुलक कार्यक्रम संचालन गरीएको हो ।

गणले अभियान अन्र्तगत माडी नगरपालिकाको वडा नम्बर ८ अयोध्यापुरी स्थित राष्ट्रिय आधारभुत विद्यालयको प्राङगणमा निम्न स्तरको आयआर्जन भएका बिद्यार्थीहरुले कक्षा ५ सम्मको अध्ययन गर्ने भएकोले सचेतना कार्यक्रम गरिएको थियो ।
साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पठनपाठन तथा खेलकुदको विकास होस भन्ने उद्देश्यले खेलकुद र पठनपाठनको सामाग्रीहरु कपि र कलम समेत वितरण सेनाले गरेको थियो ।
सो अवसरमा बोल्दै माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले निकुञ्जको ईतिहासमा नै सेनाले संरक्षणमा  उदाहरणीय काम गरेको भनेर प्रशंसा गरेका थिए । उनले संरक्षणको काम गर्दा सेनाले माडीवासीको समस्यालाई समेत ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा माडी न.पा वडा नं. ८ का अध्यक्ष कृष्णराज अधिकारी, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, अयोध्यापुरी विद्यालयका ब्यवस्थापन समितिको अध्यक्ष दिपेन्द्र प्रसाद पाण्डे, राष्ट्रिय आधारभुत विद्यालयका प्रचार्य नन्दलाल रायसहित शिक्षक शिक्षिका तथा बिद्यार्थीहरु र अभिभावकहरु समाजसेवी, बुद्धिजिवि, पत्रकार तथा स्थानियबासीहरु गरी करिब २५० जनाको उपस्थिति रहेको थियो ।
सो अवसरमा बटुक दल गणका सेनाहरुले, प्रकृती संरक्षण सम्बन्धी जनचेतनामुलक पावर प्वाईन्ट प्रस्तुतिकण, निकुञ्जमा संचालन गरीएका गतिविधिहरुमा आधारीत डकुमेन्ट्री प्रदर्शन, प्रकृति संरक्षण सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन गरेका थिए ।
भने चोरी शिकारी तथा निषेध गरीएका अवैध बस्तुहरु ओसारपसार रोक्न यस निकुञ्जमा प्रयोग गरीदै आएको बिशेष तालिम प्राप्त कुकुरहरुबाट डेमाट्रेशन प्रदर्शन, निकुञ्जमा प्रयोग गरीदै आईरहेको विभिन्न आधुनिक प्रबिधिहरुबारे जानकारी गराउनुका साथै ड्रोन सम्बन्धी डेमोस्ट्रेशन प्रदर्शनले स्थानिय र विद्यार्थीहरु रमाएका समेत थिए ।