‘दबंग–३’ को फर्स्टलुक सार्वजनिक

एजेन्सी : सलमान खानको आगामी चलचित्र ‘दबंग–३’को फर्स्टलुक सार्वनजिक भएको छ।

सलमान खानले ट्वीटरमा चलचित्रको मोशन पोस्टर सार्वजनिक गर्दै ‘१०० दिनपछि चुलबुल पाण्डे आउँदैछ’ भनेर लेखेका छन्।

चलचित्र हिन्दी भाषाका साथै तमिल, तेलगु र कन्नड भाषामा पनि रिलिज हुनेछ। चलचित्रको निर्देशन प्रभूदेवाले गरेका हुन्।

चलचित्र आगामी डिसम्बर २० देखि प्रदर्शनमा आउने छ। ‘दबंग–३’ सलमान खान, अरबाज खान र निखिल द्विवेदीले निर्माण गरेका छन्।

चलचित्रमा सलमानसहित सोनाक्षी सिन्हा, अरबाज खान, प्रमोद खन्ना, पंकज त्रिपाठी लगायतको मुख्य अभिनय रहेको छ।