चितवन मेडिकल कलेज भन्छ : विद्यार्थीको माग वार्ता र सम्वादबाट समाधान हुन्छ, सेवा प्रवाहमा बाधा गर्न पाईदैन्

चितवन : चितवन मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत कलेजका विद्यार्थीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।

चितवन मेडिकल कलेज प्रा. लि. को प्रशासन विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न अनुरोध गर्दछौँ ।’  विज्ञप्तिमा शिक्षा मन्त्रालय एवं त्रिभुवन विश्वविद्यालयको निर्देशन पूर्ण पालना गरिने उल्लेख छ ।

यस्तै कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार जारी विज्ञप्तीमा भनिएको छ, आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने छ ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ ।

विभिन्न माग राखेर आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाश चन्दसहित १७ जना विद्यार्थी बुधबार बिहान पक्राउ परेपछि कलेजले विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

यस्तो छ विज्ञप्ति,