प्रचण्डका गुरु तथा नेकपा प्रदेश अध्यक्ष दाहालको बुबा कुलप्रसादको देवघाटमा अन्त्यष्टी

 

चितवन : चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका गुरु तथा ठुलो बुबा कुलप्रसाद दाहालको आज देवघाटमा अन्त्यष्टी गरिएको छ ।
नेकपा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले बुबा कुलप्रसादलाई नेपाली परम्परा अनुसार दागबत्ती दिएर अन्त्यष्टी गरिएको थियो ।

९२ बर्षिया बुबा कुलप्रसाद दाहालको हिजा राति ९ बजे आफ्नै निवासमा निधन थियो । चितवनमा कास्कीबाट २०१९ सालमा बसाई सरेर आएका थिए । भने २०३६ सालदेखि भुमिगत रुपमा किसान संगठनका नेताको भुमिका निभाउदै नेपाली कम्यूनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँको नेकपा प्रदेश अध्यक्ष नारायण दाहालसहित ४ छोरा र दुई छोरी रहेका छन् । भने श्रीमती यसअघि नै निधन भईसकेको छ ।