नारायणीमा फोहर फाल्न रोक

चितवन  :  नारायणगढको केन्द्र मानिने पुलचोकबाट दुई किलोमिटर दक्षिणमा रहेको नगरवन क्षेत्रमा भरतपुर महानगरपालिकाले फाल्दै आएको फोहोरलाई स्थानीयले फाल्न रोक लगाएका छन् ।

ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिए ।

स्थानीय सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका माग लिएर सो क्षेत्रमा नगरवन टोल बिकाश संस्थाले फोहोर फाल्न रोक लगाएको हो । स्थानीय बासिन्दाले अघि सारेका माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने संयोजक श्रेष्ठको भनाई छ ।

संर्घष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्वोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयलाई भरतपुरको व्यवहारले भड्काएको बताए ।