दिनेश चुकेको सामाजिक सेवामा फड्को : विपन्नलाई डेगु परिक्षण गर्न निशुल्क ४०० था किट सहयोग (भिडियो)

चितवन : चितवनका एक समाजसेवी दम्पत्तीले विपन्न गरिब विरामीहरुको उपचार लागि निशुल्क रुपमा डेगु किट उपलब्ध गराएका छन् ।

विभिन्न एक दर्जन व्यवसायमा अब्बल रहेका होटल गंगोत्री, गंगा प्रा.लि र हंस बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा चितवन गुराँस ईम्भेस्टमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक दिनेशकुमार चुके र उनको श्रीमती सन्ध्या लक्ष्मी चुकेले संयुक्त रुपमा १ लाख ४० हजार रुपैया मुल्यको ४०० वटा उपलब्ध गराएका हुन् ।
जिल्लाको भरतपुर अस्पतालका उपचार गर्न आउने विपन्न विरामीहरुको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र भरतपुर अस्पतालका मेडिकल सुपरिटेडेन्ट श्रीराम तिवारीलाई हस्तान्तरण गरेका थिए ।
उनले आफु विगत १५ देखि सामाजिक सेवामा सक्रिय रोटरी क्लब चितवनको सहकार्य गरेर सहयोग प्रदान गरेका हुन् । उनी रोटरीमा पिएचएस डाईरेक्टर पब्लीक ईमेज छन् ।
उनले अहिले डेगुको महामारीको अवस्थामा गुजरीएको भन्दै गरिबगुरुवा विरामीको निशुल्क रुपमा उपचार गर्न सहयोगी मनहरुको खाँचो रहेको बताए । उनले सामाजिक रुपमा डेगु नियन्त्रणका लागि जनता पनि सक्रिय छ भन्ने देखाउदै सहयोगीमनहरुलाई सहयोग गर्न उत्प्रेरण गराउने अभियानसहित सहयोग गरेको स्पष्ट पारे ।
यस्तै चितवनका प्रजिअले चुके दम्पत्तीले सरकारको अभियान जनहितकार्य गरेको भन्दै मनपरी तवरले डेगु परिक्षणबाट शुल्क लिए कार्वाही गर्ने चेतावनी दिए ।
यस्तै प्रेम सुपर मार्केटका सञ्चालक प्रेमकुमार श्रेष्ठले १०० वटा किट उपलब्ध गराएका थिए ।
यस्तै चुके गणेशधाम संरक्षण सम्र्वद्धन समितिका अध्यक्ष समेत हुन् । उनले हरेक बर्ष विपन्न विद्यार्थीहरुलाई शैक्षिक सहयोगसगैँ गरिबहरुलाई सहयोग गर्दै आएका छन् ।
चितवन रोटरी क्लबका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.कृष्ण पौडेल, अस्पतलका अध्यक्ष खेम भण्डारी, चितवन उद्योग बाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, रोटरीका पूर्व अध्यक्ष मित्रराज दुवाडी, चन्द्रमान श्रेष्ठ, दिलिप पिया, डा. भोजराज अधिकारी लगायतले बोलेका थिए ।