नारायणगढ-बुटवल सडक खण्ड सुरु हुन अझै एक बर्ष लाग्ने 

सुरज पौडेल
नवलपुर :  नारायणगढ बुटवल सडक खण्ड गैंडाकोटबाट सुरु हुन अझै एक बर्ष लाग्ने भएको छ । हाईवे रोड सडक बिस्तारमा क्रममा मासिने बन क्षेत्र ,बिद्युत सेवामा अबरुद्ध हुने भएकोले यस्ता संस्थाको सहमति हुनुपर्ने भएकोले यिनले समयमै काम सुरु गर्ने नर्णय दिएको खण्डमा यहि तिहार बाट काम सुरु हुनेछ । पहिलो चरणमा गैंडाकोटको बन क्षेत्र थुम्सी बाट काम  सुरु हुनेछ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति शुरु गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गरेका थिय । सन् १९७२ मा बनेको ११३ किलोमिटर दुरीको यो सडक हाल दुई लेन मात्र छ । सडक साढे तीन वर्षमा ४ लेनमा बिस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतीका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८।५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम हुनेछ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार हुन थालेको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।
गैंडाकोट९दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने(बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।
एडीबीले नेपाल सरकारलाई १।५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको बुटवल-
69563129_895935497470392_128651845521375232_n.jpg
नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।69886438_895935504137058_1550812686567079936_n.jpg
साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ । अहिले बाटो सर्भेको काम भैरहेको छ ।