तीनलाख नगदसहित २५ जना जुवाडे पक्राउ

पोखरा : पोखराबाट एकैदिन २५ जुवाडे पक्राउ परेका छन्। जुवातास खेलिरहेका उनीहरुको साथबाट करिब तीनलाख रुपैयाँ बरामद गरिएको छ।

पोखरा ३२ तल्लो गगनगौंडास्थित जंगबहादुर पुनको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट १ लाख ६ हजार रुपैयाँ बरामद गरेको छ भने ८ बुक तास पनि नियन्त्रणमा लिएको छ।

यस्तै, पोखरा ९ प्रगतिमार्गमा रहेको चन्द्रबहादुर गुरुङको घरमा तास खेलिरहेका थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट नगद १ लाख ६६ हजार र ४ बुक तास बरामद गरेको कास्की प्रहरीले जनाएको छ। पक्राउ परेका सबैजनालाई जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए।