वर्ल्ड लिंककाे चाडपर्व अफर, दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट

चितवन । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले चाड पर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले आज (आइतबार)देखि ल्याएको अफरमा वर्ल्ड लिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका चितवन शाखा प्रमुख सुरेन्द्र चौधरीले बताए ।

चौधरीका अनुसार आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागी हुन इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै साेही शुल्कमा नेट टिभी जडान गर्न पाइनेछ । दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफर अन्तरगत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्ने वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडका सेल्स एण्ड मार्केटिङ सुपरभाइजर दिवस घिमिरेले बताए ।

घिमिरेका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ । वर्ल्ड लिंक कम्पनीको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिने घिमिरेले बताए ।

त्यसैगरी, ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेको भनाइ छ । त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने घिमिरेले बताए ।

नेपालकै अग्रणी इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा अफरहरु ल्याउने गरेको शाखा प्रमुख सुरेन्द्र चौधरीको भनाइ छ । इन्टरनेट सेवा सञ्चालन गर्न चाहने ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीमा समेत इन्टरनेट सेवा प्रदान गरिएको चौधरीले बताए ।