दशैंको टीका लगाउने साइत १० बजेर ३५ मिनेटमा

 

काठमाडौं : यस वर्षको दशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैं घटनास्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतमले विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिनुभयो ।