पूर्व श्रीमतीको पीडा भुल्न बनाउन लगाए यस्तो खेलौना

एजेन्सी : हालै एक व्यक्तिले श्रीमतीको पीडा भुलाउन विशेष खालको खेलौना बनाउनका लागि टोए कम्पनीलाई अनुरोध गरेका छन् । ३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका उनले आफ्नी श्रीमतीजस्तै देखिने यौ’न खेलौना निर्माण गरिदिन अनुरोध गरेका हुन । आफूले अति माया गर्ने श्रीमती आफूसँग अलग भएपछि ५० वर्षीय ती पुरुषले अहिले विभिन्न यौ’न खेलौना बनाउने कम्पनीहरूलाई आफ्नी श्रीमतीजस्तै यौ’न खेलौना बनाउन अनुरोध गरेका हुन् । उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ ।

आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौ’न खेलौनाको माग गरेको बताएका छन् ।

पूर्वश्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ ।

त्यसो त पश्चिमा मुलुकहरुमा सेक्स टोय सहज रुपमा पाइन्छन् । अहिले त रोबोटसमेत तयार पारिएका छन । तर स्वास्थ्यका हिसाबले यौन खेलौना स्वस्थ अभ्यास भने होइन।