हाँसो ठट्टा गर्नेसँग भुतुक्कै हुन्छन् युवती

एजेन्सी : सामान्यतया युवा उमेर समूहका युवा युवती एक अर्कासँग आकर्षण हुन्छन् । केही व्यक्तित्व हेरेर, केही स्वभाव, अध्ययन आदी हेरेर आकर्षण हुने गर्छन् । तर एक अध्ययनका अनुसार हाँसो ठट्टा गर्ने युवासँग युवती बढी आकर्षित हुने गरेका छन् । अध्ययन अनुसार जुन युवक हाँसो ठट्टा र रमाइलो गरिरहन्छन् त्यस्ता युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् ।

किन हुन्छन् त भुतुक्कै 

बोर फिल हुँदैन स् ठट्टा गर्ने व्यक्ति रमाइलो स्वभावका हुनछन् । उनीहरुले कुनै न कुनै बहानामा अरुलाई हसाई रहेका हुन्छन् । उनीहरुको छेउमा बस्ने कसलाई पनि उनीहरुले बोर फिल हुन नै दिँदैनन् त्यसैले त्यस्ता प्रकारका युवक सँग युवतीहरु भुतुक्कै हुन्छन् ।

अवलोकन क्षमता राम्रो हुन्छः अध्ययन अनुसार, हाँसो–ठट्टा गर्ने मानिसहरुको अवलोकन गर्ने क्षमता राम्रो हुन्छ । त्यस्ता व्यक्तिहरुले आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै नै ध्यान दिन्छन् र उनीहरुबारे राम्रो सँग बुझ्छन् । यसकारण उनिहरु प्रति कुनैपनि युवतीहरु सहजै आकर्षित हुन्छन् ।

सामाजिक भावना स् प्राय हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई सहजै राम्रो मजाक बनाइदिन सक्छन् । यस्ता गुण हुँदा पनि युवतीहरु त्यस्ता व्यक्तिको नजिक हुन मरिहत्ते गर्छन् ।

हाँसो ल्याइदिन्छन्ः कुनै पनि रमाईले व्यक्तिसँग कोहीपनि धेरैबेरसम्म रिसाइराख्न नै सक्दैनन् । रमाइलो गर्ने व्यक्तिले यस्तो व्यवहार गर्छन् की जसले तपाईंको अन्य व्यक्तिको रिस नै मार्दिन्छ । त्यसकारण पनि युवतीहरु त्यस्ता युवक प्रति बढी आकर्षित हुन्छन् ।