कसरी हटाउने धेरै सोच्ने बानी

एजेन्सी :  वर्तमानलाई हेरेर भन्दा बढी हामी विगत र भविष्यलाई दिमाग राखेर बाँचिरहेका हुन्छौं । जसले गर्दा अनावश्यक सोचहरु जन्मिन्छन् र हामीले आफ्नो जीवनलाई जटिल बनाउन पुग्छौं ।

फुर्सदिलो हुँदा या दिमाग दाली भयो भने दिमागमा अनेक सोचहरु जन्मिन थाल्छन । त्यसैले आफूलाई काममा व्यस्त हुँदा दिमागमा सिर्जनात्मक सोच जन्मिन्छन् । जसले गर्दा अनावश्यक सोचहरुको लागि समय नै रहँदैन ।

हरेक कुरा पर्फेक्ट हुनुपर्छ भन्ने मान्यता त्याग्नुपर्छ । आफूले अपेक्षा गरे अनुसारको, जस्ताको तस्तै न त कुनै परिस्थिति हुन्छ, न त वस्तु या मान्छे नै । त्यसैले आफ्नो अगाडी आएको कुरालाई स्विकार्न सिक्नुपर्छ । वर्तमानमा बाँच्नुपर्छ ।

व्यक्ति एक्लो हुँदा अनेक सोच दिमागमा आउँछन् । त्यसैले एक्लो बसिराख्नु हुँदैन । सकारात्मक सोच राख्ने साथीहरुको संगत गर्नुपर्छ । सामाजिक काम, समारोह आदि कार्यक्रममा सहभागी भइराख्नुपर्छ । मनोरंजनका साथै पुस्तकमा समय व्यतित गर्नु राम्रो हुन्छ ।

कुनै ठाउँमा बस्दा अनेक सोच आएका छन् भने ठाउँ परिवर्तन गर्नुपर्छ । घरमा बसिरहेको समयमा अनेक सोच आउन थाले भने घर बाहिर निस्कनुपर्छ । यसले गर्दा दिमाग ती सोचहरुबाट अन्यत्र मोडिन्छ ।

आफ्नो मात्र एकोहोरो सोच राख्ने, आफू मात्र सही छु भन्ने भावना ल्याउनु हुँदैन । अरु व्यक्तिको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुपर्छ । कुनै कुराले सताएको छ भने अरु व्यक्तिको दृष्टिकोण अनुसार सुझाव लिनुपर्छ ।

दिमागमा धेरै कुरा खेल्न थाले भने आफ्नो रुचीको काम जस्तै, नाच्ने, चित्र बनाउने , लेख्ने , खेले, मीठो परिकार बनाउने गर्नुपर्छ । यसो गर्दा दिमागमा नयाँ उर्जा आउँछ र अनावश्यक सोच हराएर जान्छन् ।

शरीरमा कमजोरी महसुस भयो पनि दिमागमा नकारात्मक सोच आउन थाल्छन् । त्यसैले खानपिनमा ध्यान दिनुपर्छ । त्यस्तै योग, मेडिटेसन, शारीरिक अभ्यासले अनावश्यक सोच हटाउन मद्धत हुन्छ ।

आफ्नो कोठा सफा गर्ने, आफू सफा रहने गर्नुपर्छ । आफ्नो लुक्समा समय समयमा परिवर्तन गर्नुपर्छ, जस्तै कपाल काट्ने, लुगा फरक लगाउने आदि । मुस्कुराएर बोल्ने, कसैलाई देख्दा मुस्कुराउने गर्नुपछृ । केही छिन हिड्ने, हरियाली भएको ठाउँमा बस्ने गर्नुपर्छ । यी कुरा सानो लागेतापनि ठूला परिवर्तन ल्याउँछन् ।