जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको निधन

एजेन्सी  :  स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

जिम्बाबेका राष्ट्रपति इमर्सन म्न्यागाग्वाले मुगाबेको निधनको घोषणा गरेका हुन्।

विज्ञापन

‘म दुखसाथ जिम्बाबेका पिता तथा पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधनको घोषणा गर्दछु,’ राष्ट्रपति म्न्यागाग्वाले शुक्रबार ट्विटरमा लेखेका छन्।

केही महिनायता मुगाबे सिंगापुरमा उपचार गराइरहेका थिए। उनी ९३ वर्षको उमेरसम्म जिम्बाबेका राष्ट्रपति बनेका थिए।