नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघ अध्यक्ष अर्यालका यि हुन् प्रगति (भिडियो)

 

चितवन : नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघले स्थापना काल देखि नै सदस्य व्यवसायीहरुको हक हित र विकास एंव सामाजिक कार्य गर्न उल्लेख भूमिका खेल्न सफल देखिएको छ ।

नेपाल सरकारले समेत पोल्ट्री क्षेत्रका व्यवसायीहरुलाई विमा गर्ने चलन नल्याएको अवस्थामा यस संघले आफनो स्थापना काल देखि हालसम्म व्यवसायीहरुलाई पोल्ट्रीजन्य वस्तुहरु कुखुरा र चल्ला ओसार पसार गर्दा हुन सक्ने दुर्घटनामा राहत क्षतिपूर्ति उपलव्ध गराउने, सदस्यहरुको

 

यो पनि हेर्नुहोस् है !

 

समस्या समधानमा सहयोग गर्ने सवालमा नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघ अग्रस्थान छ ।

नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघको ९ औँ केन्द्रिय साधारण सभामा संघका अध्यक्ष रामकृष्ण अर्यालले व्यवसायिक हक, हित र बिकासका लागि निरन्तर रुपमा प्रयास गर्दै आइरहको र संघको समेत सोही अनुसार प्रगति भएको जानकारी गराए । आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्रलाई दिगो रुपमा विकास र विस्तार गर्नका लागि संघले निरन्तर रुपमा सहकार्य र समन्वयमा अग्रणी भूमिका निभाएको देखिन्छ ।

अर्यालले २२ जना सदस्यहरुवाट मासिक शुल्क र टिप्स शुल्क उठाउदै आएको संस्था आजको दिनसम्म आइपुग्दा संस्थाका गतिविधीवाट प्रभावित भइ पोल्ट्रीजन्य सप्लायर्सहरु संघमा आवद्ध हुन तत्पर भइ हाल सम्म १०६ वटा फर्म सदस्य भएका छन । अध्यक्ष अर्यालले संस्थाको हितका लागि सम्पूर्ण सदस्यहरुको अग्रसरता उत्तिकै आवश्यक रहेको बताए ।

संघ विशेष कामकाजहरु

१. पोल्ट्रीजन्य वस्तुहरु कुखुरा चल्ला ढुवानी गर्ने सवारी साधान दुर्घटना हुदा राहत क्षतिपूर्ति

२. जैविक सुरक्षा कायम गर्नका लागि पोल्ट्रीजन्य वस्तु ओसार पसार गर्ने गाडी धुने व्यवस्था

३. चालक तथा सहचालकहरुलाई टफिक सचेतना सम्बन्धी कार्यक्रम

४. रक्तदान कार्यक्रम

५. सदस्यहरुलाई स्वदेशी तथा वैदेशिक अवलोकन भ्रमण गराउने कार्य ।

६. सदस्यहरुलाई आइ पर्ने समस्या समधानमा पहल गर्ने ।

संघ स्थापनाको शुरु अवधीमा सदस्यहरुका सवारी साधन दुर्घटना हुदां क्षतिको ४० प्रतिशत रकम राहत दिदै आएकोमा हाल आएर ९० प्रतिशत राहत दिने व्यवस्था मिलाउन सफल भएको छ । त्यसै गरी गाडी मात्र दुर्घटना हुदां समेत तत्काल राहत स्वरुप केही रकम संघले सहयोग गर्दै आइरहेको छ ।

क्षतिपूर्ति 

संघ स्थापनको वर्ष रु.१,८९,०८२। रुपैया 
आ. व. २०६८।०६९ रु. ५,१२,७९७।
आ. व. ०६९।०७० ९,९३,०११।
आ. व. ०७०।०७१ रु.९,४४,५१५।
आ. व. २०७१।०७२ मा रु. १७,१५,८०८।
आ. व. २०७२।०७३ मा .रु.१२,१७,१६०।
आ. व. ०७३।०७४ मा रु.१३,७५,९९७ ।
आ. व. २०७४।०७५ मा रु. १६,४५,५४०।
आ. व. २०७५।०७६ मा रु. ७,७१,४१६।

 

यो पनि हेर्नुहोस् है !