सरकारले नियमित गर्ने पत्रकार सम्मेलन स्थगित

काठमाण्डौं, भदौ २९ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सरकारले नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन बिहीबार पनि स्थगित भएको छ । पत्रकार सम्मेलन आयोजना गर्ने समयावधि भन्दा केही घन्टा अघि मात्रै सरकारका प्रवक्ता, सञ्चार, सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्वीटमार्फत उक्त जानकारी गराएका हुन् । उनले भनेका छन् ‘गत साता मन्त्री परिषद बैठकले कुनै निर्णय नगरेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको सबैमा जानकारी गराउँदछौँ ।’ यसअघि बिहीबार पनि सरकारले मन्त्रीपरिषद बैठकमा कुनै पनि निर्णय नभएको भन्दै नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन स्थगित भएको थियो । गत ५ गते उपचारका लागि बिहीबार सिंगापुर गएका ओलीले पछिल्ला दुई मन्त्री परिषद बैठकको भिडियोबाट नेतृत्व गरेका थिए।