राप्ती नदिवाट गोही हटाउन अल्टीमेटम डुडुवा

बाँके :  राप्ती नदीमा छोडेका गाहिहरु अन्यन्त्र सार्न स्थानीयले माग गरेका छन् । बाँके राप्ती नदीको पुलमुनि जिल्ला बन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले विरोध जनाएका हुन् ।

राप्ती पुल छेउमा मन्दिर रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही नराख्न स्थानीयको माग छ ।

गाउँबस्तीदेखि अलि टाढा लगेर छोड्न सके जोखिमबाट बच्न सक्ने स्थानीय घनश्याम गुप्ताले बताए । वन डिभिजन कार्यालयले बाँके खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयको घरभित्र पसेको करिब १२ किलोको एक वर्षको गोहीलाई उद्धार गरी आइतवार मात्र राप्ती नदीमा छोडेको थियो ।

स्थानीयको विरोध पछि गाउँपालिकाले वन कार्यालयसंग तीनदिन भित्र गोहीलाई अन्यत्र व्यवस्थापन गर्न पत्र पठाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले राप्ती नदी नजिकै बस्ती रहेकाले जंगल क्षेत्र अन्र्तगत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताए ।