बाघमारा वन ३० औँ बर्षमा, पर्यापर्यटनमा अब्बल : विपन्न मुसहरले पहिलो पटक चढे हात्ती (भिडियो)

चितवन : पर्यापर्यटनबाट अब्बल बनेको चितवनको पर्यटकीय सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनले पहिलो पटक माझी मुसहरहरु हात्ती सफारी गराएको छ । वन सुमहको ३० औँ स्थापना दिवसको अवसरमा पारेर युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लिको सहकार्यमा पहिलो पटक माझी मुसहरहरु हात्ती सफारी गराएको हो । विपन्न मुसहर समुदायले पहिलो पटक हात्ती चढ्ने मौका पाएकोमा निकै हर्षित देखिन्थे ।


वन वन्यजन्तु र जौविक विविधता संरक्षणमा स्थानियलाई अग्रसर गराउने अभियान अन्र्तगत वनमा नै निर्भर रहेका आफ्नो उपभोक्ता समेत रहेको माझी मुसहरहरु हात्ती सफारी गराएको अध्यक्ष जीतु तामाङ्गले जानकारी गराए ।

वनको ३० औं स्थापना दिवसको अबसरमा समुहर समुदायलाई हात्ती सफारी गराइएको वनका अध्यक्ष जीतु तामाङले प्रष्ट पारे ।
वन संरक्षणबाटै वनले अहिले मनग्य आम्दानी गरेको छ अध्यक्ष तामाङ्गले भने, कुनै पनि मुसहरहरुले हात्ती चढ्न अवसर नपाएको र पर्यापर्यटन बारेमा जानकारी दिन हात्ती सफारी गराएका हौँ ।
मालपुर बस्तीका करिब ४० जना मुसहरलाई हात्ती चढाइएको थियो । आर्थिक अभावका कारण अहिले सम्म हात्ती चढ्न नसकेका मुसहर समुदायलाई हात्ती सफारीको आनन्द दिलाउन सफारी गराइएको वनका अध्यक्ष तामाङको भनाई छ ।
सो समुदायिक वनले मुसहरहरुलाई वन प्रतिको निर्भरता हटाउन मुसहरहरुलाई सिलिण्डर ग्यास, सीपमुलक कार्यक्रम, शिक्षामा लगानी, स्वास्थ्य बीमा लगायतका मुसहर केन्द्रित कार्यक्रम गरिएको अध्यक्ष तामाङले बताए ।
मुसहर र हात्ती बीचको सम्बन्ध रहेको भन्दै हात्ती जोगाउनुपर्छ भन्ने भावनाको विकास गर्न सफारी गराइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । २०४६ साल भदौं १५ गते स्थापना भएको सो सामुदायिक वनले पर्यापर्यटन मार्फत मनग्य आम्दानी गर्दै आएको छ ।
वनले गरेको आम्दानी संरक्षणसंगै सामुदायिक विकास,पर्यटन प्रर्बद्धन,उपभोक्ताको जीवन स्तर उकास्ने, शिक्षा र स्वास्थ्यमा लगानी गर्दैै आएको सचिव कृष्ण भट्टले जानकारी दिए । मानव वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणको लागि सो सामुदायिक वनले मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिसंगको सहकार्यमा निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगायन सुरु गरेको छ । वनले संरक्षण गरेकै कारण बार्षिक साढे २ करोड आम्दानी गरेकोमा ८० लाख रुपैयाँ हात्ती सफारीबाट हुने वन कार्यालय सचिव हरि आचार्यले बताए ।