तरकारी, बिषादी र हामी नेपाली

दुर्गाकुमार पुरी

​जीवन अमूल्य छ । अमूल्य जीवनलाई सँधै स्वस्थ र सुन्दर राखिराख्नका लागि खानपिन, उठवस, असल आचरण र योगाभ्यासको जरुरी हुने गर्दछ । सत्य, त्रैता र द्वापर हुँदै हामी कलियुगमा प्रवेश गरेका छौं । हिजोका ऋषिमहर्षीहरू र अहिलेको हाम्रो जीवनशैलीमा धेरै अन्तर देखिन पुगेको छ । ऋषिमहर्षीरू प्रकृतिसँग नजिक हुँदै शुद्ध हावापानी र वनस्पतीको सेवन र योगाभ्यासको माध्यमद्वारा आŠनो जीवनलाई लामो समयसम्म जीवन्त राख्न सफल भएका थिए । अहिले हामी चरम सुविधाभोगी बन्न पुगेको कारण मानव जीवनमा ठूलो उतारचढाव देखिन थालेको छ ।
​हाम्रो देश कृषि प्रधान देश हो । ६५ प्रतिशत नेपालीहरू कृषि पेशामा आश्रित भएपनि धेरैले पशुपालन गर्न छाडिसकेका छन् । एकातर्फ जलवायुको प्रकोप अर्कोतर्फ खेतीमा बढ्दै गरेको युरियामल एवम् विषादीको प्रयोगको कारण माटोमा हुने जैविक तत्व नष्ट हुँदा कृषिमा गरेको लगानी व्यर्थ हुन पुगेको छ ।
​प्रकृतिको प्रचुर सम्भावना रहेको हिमाल, पहाड र तराईका विविध धरातलीय भू–भागमा बिना श्रम र लगानीबाट पाइने शुद्ध हावापानी, अमूल्य जडिबुटी (यर्शागुम्बा) र प्रयोगमा नआइएका र अनुसन्धानको गर्भ मै रहेका असंख्य जडिबुटी र खनिज पदार्थहरूको विषयमा देशमा ठोस योजना र उपयोग नहुँदा हामी कस्तुरी खोजीमा दौडदै गरेको मृग जस्तै हुन पुगेका छौं ।
​रेमिटेन्सले मान्छेलाई बढि सुविधाभोगी र अल्छी बनाइदिएको छ । मान्छे र माटोको घनिष्ट सम्बन्ध हुँदा हुँदै पनि भोलिको भविष्य बोकेर बसेका युवाहरूले माटो छुन छाडिसकेका छन् । आयातित वस्तुहरूमा नै सबै रमाउन थालेका छन् । हिमालबाट बग्ने पवित्र शुद्धजललाई वेवास्ता गरेर बेलायत, अमेरिका, जापान र अष्ट्रेलियाबाट आयातित पानी पिएर आŠनो स्तर वृद्धि भएको ठान्ने हाम्रो फैलदै गरेको मौलिकताले हाम्रो भोलिको भविष्य कस्तो हुने हो भन्ने विषयमा अनुमान नै गर्न नसकिने देखिन्छ ।
​नेपालमा व्यापक रुपले मानिसमा बढ्दै गरेको सुगर, ब्लडप्रेसर, अल्सर, दम, जण्डिस, मुटुरोग, मृगौलारोग, क्यान्सर, प्यारालाइसिस आदि रोगहरुका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । जसको मुख्य कारण विषादीले भरिएको तरकारी, फलफूल, मिसावटी र अखाद्यपदार्थको सेवन, आधुनिक भौतिक साधनको प्रयोग नै हो भन्न सकिन्छ । यसबाट मुक्ति पाउन हामीले ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

​नेपालमा वार्षिक करिब ७७,२५,००० कि.ग्रा. र पौने तीन अर्ब बराबरको विषादी भित्रिने गरेको छ । ती सबै विषादीहरू यो या त्यो रूपबाट हाम्रै शरीरमा प्रवेश भएको पाइन्छ । साथै दैनिक सेवन गरिने खाद्यपदार्थ, फलफूल र तरकारीको माध्यमद्वारा थप अरु विषादी हाम्रो शरीरमा प्रवेश गर्दछ ।
​हाम्रा पुर्खाहरूले कृषि पेशाका साथै पशुपालन गर्दथे । पशुको गोबरको माध्यमद्वारा उत्पान हनुे धान, मकै, गहुँ, जौ, कोदो, मास, गहत, फापर, कागुनो, भट्टमास, वोडी, सिमी, लट्टे आदि जस्ता खाद्य पदार्थहरु विष रहित हुने गर्दथ्यो । आफूले पालेको गाई भैंसीको शुद्ध दूध, दही, महि र घ्यूको सेवन र खेतवारीमा गरिने कामको कारण मानिस सँधै हृष्टपुष्ट, तन्दुरुती र दीर्घजिवी हुने गर्दथ्यो ।
​केहिदिन अघि भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परिक्षणको कारण ४, ५ दिनको लागी नेपालमा आयात वन्द हुन पुग्यो । ४, ५ दिनको थोरै समयमा नै नेपाली तरकारी र फलफूल बजारमा ठूलो हलचल हुन पुग्यो । यसबाट के बुझ्न सकिन्छ भने हामी कृषि प्रधान देश हुँदाहुँदै पनि तरकारी, फलफूल र खाद्यपदार्थमा देखिएको प्रभावले हामी परनिर्भर रहेछौं भन्ने कुरा स्पष्ट हुन्छ ।
​हिजो हाम्रा पूर्खाहरूको आŠनै बारिमा उब्जाइने तरकारी, फलफूल र खाद्यपदार्थबाट जीवन चल्ने गर्दथ्यो । लामो समयसम्म राख्न मिल्ने गुन्द्रुक, मुलाचाना, सिन्की, अचार, मसौरा आदिले बेमौसमको तरकारी अभावलाई टारिदिने गर्दथ्यो । नेपाल अरु मुलकमा खाद्यपदार्थ, जडिबुटी, हस्तनिर्मित सामान र जुटका सामान निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने गर्दथ्यो ।
​अहिले हामी चरम व्यापार घाटामा डुबेका छौं । तराई र शहरी क्षेत्रमा बसाइँ सराइँको कारण हिमाल र पहाडी भेकमा मान्छेहरूको बसोबास शुन्य सरह हुन पुगेको छ । उच्च भूभागमा उत्पादन हुने मकै, कोदो, जौ, गहुँ, भट्टमास, कागुनो, लट्टे, फापर, बोडी, सिमी, गहत, मास आदि जस्ता खाद्यपदार्थहरू विदेशबाट आयात हुन थालेको छ । यो भन्न सकिन्छ खाद्य पदार्थमा हामी पूर्ण रूपले विदेशमूखी वन्न पुगेका छौं ।
​जागिरको सिलसिलामा वि.सं. २०३६ सालमा मेरो चाइनिजहरूसँगको सँगत भयो । काम गर्ने सवालमा पदले उनीहरू इन्जिनियर भए पनि सँधै रेञ्ची र पेचकस लिएर ८ घण्टा मेशिनमा हुन्थे । चाइनिज औषधीहरू भएको आŠनै क्लिनिक थियो । हामीलाई पनि बिरामी हुँदा उपचार गर्न सजिलो भएको थियो । कडा अनुशासन भित्रको उनीहरूको उठवस आŠनै छुट्टै रमाइलो संसार थियो । समय–समयमा हुने गरेको उनीहरूको भोजभतेरमा हामीलाई पनि सहभागी गराइन्थ्यो । उनीहरू प्रशस्त मात्रामा हरियो सागसब्जी सेवन गर्ने गर्दथे । अचम्म मान्नु पर्ने कुरा उनीहरू एउटा छुट्टै कोठाभित्रै आफूलाई आवश्यक पर्ने सागसब्जी उत्पादन गरेर सेवन गर्ने गर्दथे ।
​“मेरो आफन्तले सुनाउनु भएको एउटा रमाइलो प्रसंग” । – “वारीमा राम्रोसँग वोडि फलेको छ । मेरी बुहारी बारीमा होइन साइकलमा ल्याएको तरकारी किनेर भान्सामा लगेर पकाउने गर्छिन् ।” प्रायजसो सबै नेपालीहरूको आफू बस्नको लागि घर र थोरै भएपनि जग्गा जमिन हुने गरेको छ । आफूलाई आवश्यक पर्ने तरकारीलाई थोरै श्रम, कम लगानी र जमिनमा पनि उत्पादन गर्न सकिने रहेछ । मलाई अनौठो लाग्ने गर्दथ्यो अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा सामान्य तरकारी उत्पादनको लागि किन बारिमा ? पछि थाहा भयो आफूले उत्पादन गरेको तरकारी विषादीरहित, स्वच्छ र स्वस्थवर्धक हुनेरहेछ भन्ने कुराको ज्ञान हुन पुग्यो ।
​तरकारीमा हाम्रो दैनिक लगानि कति ? आफैले तरकारी उत्पादन गर्न सकेमा हाम्रो पैसा पनि बचत हुने र स्वास्थ्य पनि सुरक्षित हुने कुरा स्पष्ट देखिन्छ । राज्यको ठूलो व्यापारघाटालाई हामीले गरेको तरकारी खेतीले सहयोग पु¥याउने हुँदा आŠनै तरकारीबारी अभियानमा लागौं जुटौं ।
धन्यवाद