मैयादेवी कलेजमा तीजको रौनक, उत्कृष्ट छात्राहरुलाई नगद तथा प्रमाणपत्र प्रदान (फोटोफिचर)

 

चितवन : भरतपुर १० मा रहेको मैयादेवी कन्या कलेजमा तीज गीत प्रतियोगिता एवम् दर खुवाउने कार्यक्रम गरिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुबीच आयोजना गरिएको तीज गीत प्रतियोगितामा १५ समूहले भाग लिएका थिए ।


प्रतियोगिता उत्कृष्ट हुने छात्राहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको मैयादेवी कन्या कलेज सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई साहित्यकार विजय मल्ल प्रतिभा पुरस्कारबाट सम्मान गरिएको पौडेलले बताए ।
राजिव गान्धी अवार्ड २०१९ बाट गोल्ड मेडलसहित सम्मानित भएका कलेजका सञ्चालक समिति अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका संरक्षक एवम् वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा कलेजका सह संरक्षक प्रेमकुमार श्रेष्ठ, भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् कलेजका सञ्चालक समिति सदस्य अरुणपीडित भण्डारी, वडा अध्यक्षहरु, कलेज सञ्चालक समिति सदस्यहरु, कलेज सभाका सदस्यहरुले मन्तव्य राखेका थिए ।