लियो क्लवद्धारा वन्यजन्तु जोगाउन बक्तृत्वकला

 

चितवन:  लियो लिया क्लब अफ चितवन सौराहाको आयोजनामा आइतवार बछौलीमा मानब वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरण सम्बन्धी अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वन्यजन्तु संरक्षणको लागि जनचेतना फैलाउन आयोजना गरिएको सो प्रतियोगितामा मध्यवर्ती क्षेत्र भित्रका ८ वटा सामुदायिक विद्यालयका १३ जना विद्यार्थीहरुको सहभागिता रहेको क्लवका सहकोषाध्यक्ष तथा कार्यक्रम संयोजक सीमान्त विडारीले जानकारी दिए ।

प्रतियोगितामा गबै माविका रामबहादुर बस्नेत पहिलो,कपरफोरी माविकी शान्तिमाया परियार दोश्रो,चित्रसारी माविकी जानुका पोखरेल तेश्रो र कपरफोरी माविकै सकुन्तला भण्डारीले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक विडारीले जानकारी दिए । प्रतियोगितामा पहिलो,दोश्रो,तेश्रो र सान्त्वना हुने विद्यार्थीलाई मेडल सहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा माला दाहाल,बासु विडारी र विष्णु थापा रहेका थिए । लायन्स क्लवका डिष्टिक एडभाइजर दीपक खतिवडा प्रमुख अतिथि रहेको सो कार्यक्रममा लायन्स क्लवका डिष्टिक एडभाइजर योगेश अधिकारी,वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ,लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष सिरिलाल परियार,लियो क्लवका पूर्व अध्यक्ष सौरण रिजाल,सचिव पुजन अधिकारी लगायतले मन्तव्य राखेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वनको सहयोगमा गरिएको सो कार्यक्रम क्लवका अध्यक्ष आभाष अधिकारीको अध्यक्षतामा भएको थियो ।