चितवनमा केआईएन नेपालले मनायो मानव वेचविखन विरूद्व अन्तर्राष्ट्रिय दिवस, ८८ जना चेलीहरुलाई समुदायमा पुर्नमिलन

राजेन्द्र आचार्य

चितवन : विभिन्न बहानामा विदेशमा बेचिन सकिने जोखिम परेका ८८ जना चेलीहरुलाई समुदायमा पुर्नमिलन गराउन आफन्त नेपाल (केआईएन) चितवन सफल भएको छ । जिल्लामा मानव बेचविखन विरूद्व काम गदै आएको केआईएन नेपालले गत आर्थिक बर्ष २०७५ ७६ मा विभिन्न १० वटा सिमा नाका र भारतबाट उद्वार गरेका थियो । जस मध्ये चितवनमा ल्याईएका ८८ जनालाई उद्वार गरेको केआईएन नेपाल चितवनकी सयोजक केमिका घिमिरेले जानकारी दिईन् ।
उनले आज यहाँ मानव वेचविखन विरूद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजति विशेष कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेकी हुन् । उनले ८८ जना मध्ये ६८ जनालाई परिवारसँग र बाकी २१ जनालाई सिपमुलक तालिम दिईएको छ । गरिब र विपन्न भएका कारण धैरै चेली बाध्यतामा परेर बेचिन पुगेका थिए ।
संस्थाले विगत २०६४ साल देखी मानब बेचबिखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । ९ बर्षको अबधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयौ चेलीहरु उद्धार गर्दै आएको छ ।
केआई नेपाल शाखा कार्यलयले सीमामा रहि सूचना तथा परामर्श प्रदान, घर फिर्ता, शंकास्पद घटनाहरुलाई प्रहरीकोमा हस्तान्तरण र आर्थिक अवस्था कमजोर भएकालाई अभिभावकको स्वीकृतिमा सेफ होम पठाउने गर्दछ ।

परामर्श दिने क्रममा चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जाने जस्ता विभिन्न कारण देखाई जाने गरेको सयोजक केमिका घिमिरेले बताईन् ।

केआईएन चितवनले विभिन्न सचेतना मुलक कार्यक्रमसगै चेलीहरूलाई समुदायमा घुलमिलसगै सिपमुलक तालिम चेलीहरूलाई अगसर गराउदै आएको छ ।
विशेष गरि मानव बेचविखन विरूद्व जिल्लामा आश्रित चेलीहरुलाई विगतमा आफुले भोगेको पिडालाई भुलेर सचेतनासगैँ आत्मनिर्भर अभियानमा लाग्न जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले सो अवसरमा बताए ।
यस्तै उप्रमुख मुनाले भोलीका दिनमा सहज हुने खालाको काम गर्न, सचेतन हुन अग्रसर बन्नु पर्ने जोड दिईन् । कार्यक्रममा नै बोल्दै विभिन्न हिसांमा परेपछि चेलीहरु वेचिने जोखिमा परेको भन्दै चितवनमा यस्ता कार्य गर्नेलाई कडाई गर्ने अभियान थालेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । साथै उनले चेलीहरु अबका दिनमा सुन्दर भविष्यको लागि अग्रसर बन्न सुझाव पनि दिए । उनले दिवसकै अवसरमा केआईएनमा आश्रित २१ जना चेलीहरुलाई एकदिनको सामुहिक भोजन समेत गराएका थिए । कार्यक्रममा डिएसपी एक नारायण कोईराला, ईन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारी, पत्रकार राजेन्द्र आचार्य लगायतको समेत सहभागी थियो । हाल यहाँ २१ जना ११ जिल्लाका रहेका छन् । बर्ष चितवनमा केआईएनले अगाडिदेखि आश्रय केन्द्र नै स्थापना गदै सरक्षित गर्दै आएको छ ।