मेयर रेनुदेखि सिडियोसम्म मानव बेचविखन विरुद्धको फेसबुक सेचतना अभियानमा (फोटोफिचर)

चितवन : आज जुलाई ३० अर्थात साउन १४ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस देशैभर मनाईएको छ ।

तर चितवनमा भने फरक तरिकाबाट जिल्ला समन्वय समितिका प्रमुख कुष्णकुमार डल्लाकोटी, भरतपुर महानगरकी मेयर रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, डिएसपी एक नारायण कोईराला, भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारी, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सेचतना अभियान सुरु गरेका छन् ।

मानव बेचविखन विरुद्धमा विगत लामो समयदेखि सक्रिया आफन्त नेपाल (केआईएन)को सहकार्यमा यस्तो अभियान थालिएको हो । सचेतना फैलाउने विभिन्न नारासहित संस्थाको फेसबुक क्याम्पेनिग अभियानमा उनीहरुले सहभागीता जनाउदै मानव बेचबिखन पूर्ण रुपमा निस्तेज पार्ने बताएका छन् ।
यो अभियानमा केआईएन चितवनकी संयोजक केमिका घिमिरेको पहलमा सुरु भएको हो ।

नेपालमा पछिल्लो समय मानव बेचबिखनको प्रवृति फेरिएको छ । पहिले नेपालका चेलिबेटिहरु बेचबिखनका निम्ति भारतमा लगिन्थ्यो भने अहिले वैदेशिक रोजगारीका नाममा बेचबिखन हुने गरेको छ ।

खासगरी नेपाली महिलाहरु यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागूपदार्थ ओसारपसार र मानव अंग बेचबिखनजस्ता कामका लागि बेचबिखनमा पर्ने गरेका छन् ।