४५ एसपीको सरुवा : चितवनको कमाण्ड एसपी मल्लको हातमा

 

चितवन, १२ जेठ । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा गरेको छ । जस अनुसार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको कमाण्डमा खटिएका दानबहादुर मल्लको चितवन, आइजीपीको सचिवालयमा रहेका दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, र सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएर पटकपटक चितवन आएका उपरीक्षक मल्लले त्यसअघि प्रहरी निरीक्षकका रुपमा चितवनलाई कर्मथलो बनाइसकेका छन् । ६ वर्षभन्दा बढी विशिष्ठ व्यक्तिको सुरक्षागार्ड भएर काम गरेका प्रहरी हुन् दानबहादुर मल्ल ।
२०५५ सालदेखि नेपाल प्रहरीमा कार्यरत मल्लले विशिष्ठ अधिकारीको सुरक्षामा खटिएका बेला गुप्तचर निकायले गर्ने काम पनि गरे । आफ्नो जिम्मेवारी सुरक्षा भए पनि विशिष्ठ व्यक्तिको सुरक्षामा खटिँदा अलि बढि चनाखो हुनु पर्ने मल्लको अनुभव छ ।

त्यसैगरी, विश्व अधिकारीको मोरङ, यज्ञविनोद पोखरेलको जिल्ला प्रहरी कार्यालय सुनसरीमा र जिल्ला प्रहरी कार्यालय पाल्पामा श्याकृष्ण अधिकारीको सरुवा भएको छ ।

सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।
सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोलाको सरुवा भएको छ ।

त्यसैगरी नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।