भारतको बंगालमा भूकम्पको धक्का महसुस

 

एजेन्सी, १२ जेठ । नयाँ दिल्ली– भारतको पश्चिम बंगाल राज्यअन्तर्गतको बंकुरा जिल्लामा ४.८ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

भारतीय मेट्रोलोजिकल डिपार्टमेन्टले स्थानीय समायानुसार आइतबार विहान करिब १०ः३९ बजेतिर भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त नभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शनिबार पनि अन्दमान क्षेत्रमा ५ र निकोबार क्षेत्रमा ४।८ रेक्टरस्केलको भूकम्प गएको समाचार संस्था एनआईले उल्लेख गरेको छ ।