वेगनासताल बृहत सफाई अभियान ६० औं हप्तामा

पोखरा, १२ जेठ ।

बेगनासताल बृहत् सफाई अभियानको ६० औं हप्ता शनिबार सम्पन्न भएको छ। व्युटिफुल वेगनासलाई आत्मसाथ गर्दै स्थानीय वेगनास युवा क्लवले हरेक हप्ता सफाई गर्दै आएको मुख्य अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिए।

वेगनासमा जेठ १३ गते देखि शुरु हुन लागेको ५ औं संस्करणको फिस फेस्टिभल तथा कृषि मेलाको पुर्व सन्ध्या तथा अभियानको ६० औ हप्ताको कार्यक्रममा मन्धरेपार्क, ड्यामसाईड र गाईघाट नजिक रहेको झाडी हटाउने तथा तालको छेउमा रहेको जलकुम्भी किनारमा फालिएको थियो।

Image may contain: one or more people, people standing, tree, child, outdoor and nature

सरसफाई अभियानको क्रममा पोखरा बृहत् सफाई अभियान संग समेत साझेदारी क्लवले वेगनासताल लाई केन्द्रविन्दु मा राख्दै सफाई गर्दै आएको छ। पर्यटकीय केन्द्र वेगनासताल क्षेत्रमा “जथाभावी फोहोर फाले जरिवाना लेखिएका” बोर्ड वडाले राखे पनि उचित निरीक्षण र समन्वयको अभावले कारवाही बोर्डमा मात्र सिमित देखिन्छ।

फोहोर गर्नेले फोहोर गर्दै जाने र उठाउनेले निरन्तर उठाउदै जाने हो भने यस्ता खाले सफाईका हजारौं हप्ता पनि निरर्थक वन्नेछ्न्।

Image may contain: one or more people, dog, shoes, outdoor, water and nature

सो अभियानलाई ऐक्यबद्धतामा साथ दिदै क्लवका शुभचिन्तक तथा स्थानीय अम्बु पुन र नारायण पुनले संयुक्त रुपमा १० थान ग्लोभ्स समेत प्रदान गरेका थिए। पर्यटकीय स्थानमा यस्ता खाने कामले राम्रो म्यासेज बाहिर जाने नारायण पुनले वताएका थिए।

Image may contain: 2 people, shoes and outdoor