बाँदर नियन्त्रणका लागि प्रदेश सांसदले दश लाख दिने

पोखरा , १२ जेठ ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका छन् । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको एक कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।

कृषकका समस्या केही हदसम्म पुरा गर्ने उदेश्यले बाँदर नियन्त्रणका लागि सांसद विकास कोषबाट १० लाख रुपैयाँ दिने उनले आश्वासन दिएका छन् ।

कृषि उत्पादनमा अत्याधिक विषादी प्रयोग हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै अनुगमनको खाँचो औल्याए । कार्यकक्रमाको बारेमा अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले नीति तथा प्रकाश पारेका थिए ।

‘नीति तथा कार्यक्रममा जनताको स–साना समस्याहरुलाई समेट्ने छौं’,उनले भने । स्वास्थ्य निरीक्षक टिकाराम भण्डारीले स्वास्थ्य क्षेत्रमा सुधारको खाचो भएको औल्याए । अन्नपूर्ण गाउँपालकाका शिक्षा प्रमुख बलराम भुगाई विद्यालयमा राजनीति गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।