स्याङ्जामा रोकिराखेका दुई बाइकमा अज्ञात समुहद्धारा आगजनी

स्याङ्जा , १२ जेठ ।

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा अज्ञात समुहले मोटर साइकलमा आगजनी गरेका छन् । अर्जुन चौपारी गाउँपालिका १ मा अज्ञात समुहले मोटर साइकलमा आगजनी गरेका हुन् । घर नजिक राखेका दुई मोटरसाइकलाई गएराति आगजनी भएको प्रहरीले जनाएको छ।

दिनेश गुरुङको पल्सर २ सय २० सीसीको ग १२ प ५०२ र साजन गुरुङ्को पल्सर १ सय ८० सीसीको ४१६८ नम्बरको मोटर साइकलमा आगजनी भएको छ। आगजनीका कारण मोटरसाइक पूर्ण क्षति पुगेको छ।

आगजनीको बारेमा अर्जुन चौपारीमा रहेको प्रहरी चौकीले अनुसन्धान अगाडी बढाएको प्रहरी हवल्दार नन्दबहादुर खड्काले जानकारी दिए।