दरौँदी नदीमा टिपर खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता

गोरखा जेठ १२ । गोरखाको सिरानचोक गाउँपालिका –७ चिउरे भीरबाट टिप्पर दरौँदी नदीमा खस्दा चालकको मृत्यु भएको छ। सहचालक वेपत्ता भएका छन्।

चालक सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय सुमन खड्काको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेपत्ता सहचालकको परिचय खुलेको छैन। दुर्घटनामा स्थानीय जनक गुरुङ घाइते भएका छन्। उनको स्थानीय स्वास्थय संस्थामा उपचार भइरहेको छ।

शनिबार राति १० बजे बा ५ ख १९८२ नम्बरको टिप्पर सडकबाट दरौँदी नदीमा खस्दा दुर्घटना भएको हो।