लियो क्लव अफ गीतानगरको अध्यक्षमा कोईराला

चितवन, जेष्ठ १२-

लियो क्लव अफ गीतानगरको वर्ष २०१९ र २० को अध्यक्षमा विशाल कोईराल चयन हुनुभएको छ । क्लवको आईतवार १५ औं शाखा अधिवेशनबाट कोइराला सहित क्लवका प्रथम उपाध्यक्षमा संजिव ओझा, सचिवमा विवेक पोख्रेललाई सर्वसम्मत रुपमा चयन गरिएको छ । बाँकी कार्यसमितिका सदस्यहरु भने क्लवको पहिलो बैठकले चयन गर्नेछ  । नयाँ कार्यसमितिलाई पुनः एक विशेष कार्यक्रमका विच पद हस्तान्तरण गरीनेछ । क्लवका अध्यक्ष आशिस दाहालको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लव अफ गीतानगरका संस्थापक अध्यक्ष अशोक कोइराला, क्लवका पूर्व अध्यक्ष गोविन्द आचार्य , विकास क्षेष्ट र लायन्स क्लव अफ गीतानगरका राजन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।