नगर परिषदको तयारीमा खैरहनी नगरपालिका, १४ करोड २७ लाख रुपैया वजेट सिलिङ

चितवन जेष्ठ ११ । चितवनको खैरहनी नगरपालिकाले आसन्न पाँचौ नगर परिषदको तयारी थालेको छ । नगरपालिकाले वडागत रुपमा सिलिङ तोकेर पठाई सकेको छ ।
सो सिलिङ अनुसार वडागतले टोल विकास संस्था सम्म पुगेर योजना छनौट गर्नु पर्नेछ । नगर परिषदका लागि राजस्व परामर्श समितिको वैठक २ पटक र श्रोत अनुदान समितिको वैठक एक पटक वसिसकेको छ ।
खैरहनीले ७ करोड १४ लाख रुपैया १३ वटा वडालाई वरावर भाग लगाएर भुगोल,जनसंख्या,पिछडिएको क्षेत्र र राजस्व संकलनका आधारमा थप रकम विनियोजन गरेको नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए ।
७ करोड १४ लाखलाई वरावर भाग लगाउँदा प्रत्येक वडाले ५४ लाख ६१ हजार ५ सय रुपैया पाएका छन् भने वाँकी जनसंख्या,भुगोल,पिछडिएको क्षेत्र र राजस्व संकलनका आधारमा थप गरिएको हो ।
यि क्षेत्रलाई आधार मानेर वजेट विनियोजन गर्दा सवैभन्दा वढि खैरहनी वडा नम्वर १० ले १ करोड ३९ लाखको सिलिङ पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।
वडागत रुपमा सवैभन्दा कम ९३ लाखको वजेट रहेको छ । सवै वडालाई कुल १४ करोड २७ लाख रुपैया वजेट सिलिङ तोकिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए ।
वडागत सिलिङलाई पछिल्लो कार्यपालिका वैठकले पारित समेत गरिसकेको छ । आगामी आर्थिक वर्षमा आन्तरीक श्रोतबाट ९ करोड २५ लाख रुपैया राजस्व संकलन गर्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा ७ करोड १९ लाख संकलन गर्ने लक्ष्य छ । आगामी आर्थिक वर्ष २०६७÷७६ मा ८३ करोड ४० लाख रुपैया वरावरको वजेट ल्याउने तयारी रहेको खैरहनीका मेयर लालमणी चौधरीले वताए ।
खैरहनी नगरपालिकाले आगामी असार १० गते पाँचौ नगरपरिषद गर्ने तयारी गरेको छ ।