खुकुरी प्रहारबाट एक जना घाईते

धादिङ ११ जेठ । धादिङमा खुकरी प्रहारबाट एक जना घाइते भएका छन् । धादिङबेसी स्थित पुछार बजारमा आज विहान एक पसलमा बसीरहेको बेलामा मोटरसाईकलमा आएका व्यक्तिले खुकुरी प्रहार गर्दा नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का प्रकाश तिमल्सेना घाईते भएका छन् ।
काम विशेषले धादिङबेसी आएका बेलामा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ बस्ने चन्द्र गुरुङको समुहले खुकुरी प्रहार गरेको घाईते प्रकाश तिमल्सेनाले आरोप लगाउनु भएकोे छ ।

खुकुरी प्रहारबाट तिमल्सेनाको पछाडीको भाग,तिघ्रा र पाखुरामा गम्भिर चोट लागेको छ । घार्ईतेलाई धादिङबेसीको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौ रिफर गरीएको छ । खुकुरी प्रहार गर्ने चन्द्र गुरुङको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ