उद्योगमन्त्री यादवलाई चितवन उद्योग संघद्वारा स्वागत (फोटो फिचर)

चितवन,११ जेठ । नवलपुरस्थित फलामखानीको अवलोकन गर्ने क्रममा चितवन आईपुग्नु भएका उद्योग तथा वाणिज्य मन्त्री मातृका यादवलाई चितवन उद्योग संघको टोलीद्वारा भरतपुर विमानस्थलमा स्वागत गरिएको छ । सोही अवसरमा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष एवं चौधरी गु्रपका अध्यक्ष विनोदकुमार चौधरीलाई समेत स्वागत गरिएको थियो ।


उक्त अवसरमा टोलीले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग देशको राष्ट्रिय आर्थिक गतिविधिका बारेमा समेत छोटकरी छलफल गरेको थियो । स्वागत कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, कार्यसमिति सदस्यहरु दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, गोपालप्रसाद गैरे, प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, आईटी अफिसर राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।