प्रहरी महानिरीक्षक सर्वेन्द्र स्वयम् पुगे घाइते प्रहरीलाई भेट्न चितवन मेडिकल कलेजमा

 

चितवन, ११ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लाको भरतपुर गोन्द्राङ काण्डमा पारि जलेर घाईते भएकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलसंग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् ।
शान्ति सुरक्षाको हिसाब थ्रेटमा रहेको चितवनमा एकपछि अर्को काण्डहरु बढिरहेको अवस्थामा गोन्द्राङमा रहेको सडक शुल्क संकलन केन्द्रमा जेठ ३ गते भएको आगजनी घटनामा पौडेल घाईते भएकी छन् ।
आफ्नो साहस प्रहरीको कर्तव्य पालनको क्रममा आफु जलेर भएपनि पौडेलले केन्द्र जल्न दिएकी थिईन् ।घाइते हुनुभएकी पौडेलसंग भेटघाट गरी उपचारमा संलग्न चिकित्सक तथा परिवारजनसंग स्वास्थ्य स्थितिको बारेमा सो अवसरमा राति नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी लिएका थिए ।
उनले सो अवसरमा दोषीको पहिचान भईसकेकोले कडा कार्वाही हुने भन्दै घाईते प्रहरी छिटे निको भई फेरि प्रहरीमा राम्रो काम गर्न घाईते पौडेललाई आग्रह पनि गरे । पौडेलको बहादुरी प्रशंसा समेत गरेका थिए ।


सो अवसरमा घटनामा संलग्न अन्य अझै पनि पक्राउ परेकालाई समात्न नसकेकोमा चितवन प्रहरी प्रमुख सुशिलसिहं राठौर प्रति रुष्ट भई कडा निर्देशन समेत दिएका थिए ।
चितवन जस्तो संवेदनशिल जिल्लामा कडा सुरक्षाका लागि नेपाल प्रहरी जस्तो जस्तोसुकै कमद चल्न पछि नहट्ने समेत बताए ।
प्रहरी हालसम्म घटनामा भिडियो मार्फत पहिचान भएका दुई जना बाहेक अरुलाई पक्राउ गर्न सकेको छैन् ।
महानिरीक्षक खनालसहित प्रदेश ३ प्रहरी प्रमुख दिपक थापासहितको टोली अस्पताल पुगेको थियो । पश्चिम चितवनको भरतपुर महानगर अन्र्तगत पर्ने पर्यटन प्रहरीको विट स्थापना गर्न खनालसहितको टोली आज स्थलमार्ग हुदै चितवनमा आएको हो ।
भीडले ढाटमा पेट्रोल छर्केर आगजानी प्रयास गर्दा ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी थिईन्। आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर संकलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीका अध्यक्ष अमृत भट्टचनले घटनामा संंलग्न उवासंघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीसहितका व्यक्तिको नाममा किटानी प्रहरीमा उजुरी दर्ता गरेका थिए। तर ति मध्ये ३ जनालाई जनही ५४ हजार रुपैयाँसहित धरौटमा रिहा गरिएको थियो ।

घटनाका समयमा खिचिएको भिडियोका आधारमा पहिचान गरी संलग्नहरूलाई पक्राउ गरिएको र अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रदेश सांसद कृष्ण खनालको पनि संलग्नता रहेको भन्दै तीव्र आलोचना भएपछि खनालले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए र गोन्द्राङ घटनालाई लिएर ३ नम्बर प्रदेश संसदमा पनि चर्काचर्की भएको थियो।

सांसदले घटनाका दोषीलाई कारवाही गर्न ध्यानाकर्षण गरेका थिए। यसअघि गतआइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले घटनामा संलनलाई कारबाही गर्ने सहमति जनाएको थियो।