लोथरदेखि सौराहसम्म स्थायी तटबन्ध निर्माण गरिदै

राजेश रुम्बा

जेठ १०, चितवन । पुर्वि चितवनको राप्ती नदीमा नौ अर्बमा स्थायी तटबन्ध निर्माण गरीने भएको छ । राप्ती नगरपालिकाद्धारा आयोजित रास्ट्रपति रनिङ शिल्ड कपको शुक्रवार उद्घाटन गर्दै  सांसद पाण्डेले सो जानकारी गराएका हुन ।

पाण्डेले राप्ती नगरपालिकाको लोथरदेखि सौराहासम्म आरसीसी उच्चस्तरीय तटबन्ध निर्माणको प्रकृया सुरु भईसकेको बताएका छन । युरोपेली युनियनको लगभग ८० मिलियन अर्थात् नौ अरब सहयोगमा सो तटबन्ध निर्माण हुन लागेको बताउदै पाण्डेले यस क्षेत्र चाँडै बाढी मुक्त हुने बताए । राप्ती नगरपालिकामा राप्तीको बाढी मुक्त हुने र विकासको बाढी आउने दावी गरे । यस्तै भण्डारा मलेखु मार्गको निर्माणपछि यसक्षेत्रको विकासले फड्को मार्ने उनको दावी छ । पुर्वअर्थमन्त्री समेत रहेका पाण्डेले आगामी बजेटको योजनाबाट राप्ती नगरपालिकाका विभिन्न वडामा विद्युकिरण हुने बताए । नगरपालिकाका वडा १, ३, १०, ११, १२ र १३ मा विद्युतिकरणको काम सम्पन्न भएपछि पहाडी क्षेत्रका सर्वसाधारण पनि विद्युतको पहुँचमा पुग्ने उनको भनाई छ । पुर्वी चितवनका नगरपालिका राप्ती, खैरहनी र कालिका नगरपालिका हरेक कोणले सम्भावना बोकेको नगर रहेको बताउदै पाण्डेले अबको बजेट एककृत बिकासमा केन्द्रित हुने बताए । यस्तै पर्यटन, बाटोघाटो, शिक्षा, स्वास्थ्य, खेल क्षेत्रमा पनि विशेषस प्राथमिकताका साथ काम भईरहेको उल्लेख गरेका थिए ।

कार्यक्रमबारे स्थानिय युवा र वडा अध्यक्ष नै असन्तुष्ट : आजबाट सुरु भएको रास्ट्रपति रनिङ शिल्ढ कप प्रति स्थानिय युवाहरूले भने असन्तुष्ट पोखेका छन् । स्थानीय युवाहरुलाई बेवास्ता गरिएको भन्दै उनिहरुले कार्यक्रमको औचीत्यमाथी प्रश्न उठाएका छन । स्थानीय सरकार गठन भएर बर्षौ भइ सक्द पनि नगरले अहिलेसम्म नगर खेलकुद समिति समेत गठन गर्न नसकेको र गठन गर्नका लागी खेलकुद क्षेत्रमा लागेका युवाहरूको मागलाई समेत बेवास्ता गरि नगरपालिकाले तानाशाही प्रबृत्ति देखाएको भन्दै अक्रोस पोखे । उनिहरुले अहिलेसम्म राप्ती नगरपालिकाले प्रबक्ता समेत तोक्न नसकेको भन्दै नगरपालिका सुचनामैत्रि नभएको आरोप लगाए । त्यस्तै कार्यक्रमबारे आफुहरुलाई पनि जानकारी नभएको भन्दै वडा अध्यक्षहरुले गुनासो गरे । आजकै दिन कार्यक्रम हुने भन्ने आफुहरुलाई समेत बल्ल जानकारी पाएको वडा अध्यक्षहरुले बताए । नगरपालिकाका प्रशासकीय प्रमुख मिठु राम हुमागइले स्वागत मन्तव्य राखेको कार्यक्रम नगर प्रमुख प्रभा वरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरका निजि तथा सरकारी बिधालयहरुको सहभागिता रहेको कार्यक्रम संयोजक भण्डारा माबिका प्र.भोज राज तिवारीले बताए ।