कुमरोज वनमा गणेश कुमार श्रेष्ठको नेतृत्वको प्यानल निर्वाचित

चितवन १० जेठ । खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आज नयाँ नेतृत्व पायको छ ।
आज भएको परिषद सदस्यहरुको मतदान वाट गणेश कुमार श्रेष्ठको नेतृत्वमा आज नया कार्यसमिति गठन भएको छ ।
आज भएको मतदानमा श्रेष्ठ कुल ४५ मत मध्य २३ मतका साथ निर्वाचित हुनु भएको छ । श्रेष्ठको प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हिरावहादुर गरुङ्गले २२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सानकाजी कुवर २३ मतका साथ निर्वाचित हुनु भएको छ । भने कुवरको प्रतिद्वन्द्वी नरेन्द्र कडेल २२ मत प्राप्त गरेका छन् ।

सचिवमा श्याम प्रसाद वराकोटी २३ मतको साथ निर्वाचित हुनु भएको छ ।भने वराकोटीका प्रतिद्वन्द्वी कल्याण लटौला २२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कोषाध्यक्षमा उज्वल वर्तौला २३ मतका साथ निर्वाचित हुनु भएको छ । उहाको प्रतिद्वन्द्वी रेवती उप्रेतीले २२ मत ल्याई पराजित हुनु भएको छ ।
नेपाली कांग्रेस निकट प्यानल नै विजयी भएको हो भने नेकपा प्यानल पराजित भएको छ ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले कुमरोज वनको स्तर वृद्धि गर्दै थप पर्यटन कुमरोजमा भित्र्याउन आफुलागि पर्ने र समग्र कुमरोज वन र यस क्षेत्रको वृद्धि विकासमा आफु निरन्तर अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।