आर.के फ्यामिली रेस्टुरेन्टको शुभारम्भ

बुटवल , १० जेठ ।

मोफसलको राजधानी बुटवलमा आरके रिटर्न्स फ्यामिली रेस्टुरेन्ट एन्ड क्याफे बुटवल ११ माझगाउँमा शुभारम्भ भएको छ । काशिराम भण्डारी र कोशराज अधिकारीको संयुक्त तिस लाख लागतमा उक्त होटल प्रारम्भ भएको हो ।

होटल तथा रेस्टुरेन्ट ब्यवसाय संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उक्त रेस्टुरेन्टको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो ।
होटल उद्घाटन गर्दै अध्यक्ष जिसिले – आरके रेस्टुरेन्टको ब्यबसायिक सफलता संगै यहाँको खाना र परीकार ताजा र स्वच्छ राख्न समेत जोड दिनुभएको थियो । साथै नेपालको माटोमै केही गर्न अभिरुची राख्ने युवाहरुका लागि होटल ब्यवसाय संघले सदैब सहयोग र सद्भाब राख्ने समेत बताउनुभएको थियो ।

उक्त कार्यक्रममा होटल ब्यवसाय संघ रुपन्देहीका उपाध्यक्ष द्वय जीवन श्रेष्ठ र बाबुराम गौतम महासचिब माधव कुमार खनाल सचिब मोहन पाण्डे सदस्य बिष्णु बहादुर अधिकारी , इटाभट्टी टोल सह -संयोजक एबम होटल ब्यवसाय मुरारी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।  ७ जना कर्मचारी रहेको उक्त होटलमा नेपाली परीकार संगै इन्डियन , चाईनिज तथा कन्टिनेन्टल खाना र उत्सबका लागि चाहिने खानाका परीकार होटलले प्रदान गर्ने संचालक काशिराम भण्डारीले सबलपोस्टलाई जानकारी दिनुभयो ।