गल्याङमा जीप र मोटसाईकल दुर्घटना

स्याङजा , १० जेठ ।

गल्याङ नगरपालिकाको धरादीमा बोलेरो जीप र मोटसाईकल एक आपसमा ठोक्किदा एक जना घाईते भएको छ । स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ११ धरादीमा बोलेरो जीप र मोटसाईकल एक आपसमा ठोक्किदा एक जना घाईते भएको हुन् ।

वुटवलदेखि वालिङतर्फ जादै गरेको लु ४८ प ३०४९ नम्बरको मोटरसाइकल र वालिङबाट गल्याङतर्फ आउदै गरेको ग २ च १२२३ नम्बरको बोलेरो जीप बुधबार विहान ११ :०५ बजे तिर दुर्घटना भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत धरादीमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार रुपन्देहीको कंञ्चन गाउँपालिकाका- ४ का ३३ वर्षिय धन बहादुर गुरुङ घाईते भएको हुन । घाईते गुरुङलाई सामान्य चोट लागेको र अहिले उहाँको अवस्था सामान्य रहेको गल्याङ प्रहरी चौकीले जानकारी दिएको छ ।

मोटरसाइकल र जीप अहिले गल्याङ प्रहरी चौकीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरी रहेको जनाएको छ ।