Top Banner Head Half Add -1 Left

 

हरिहर मन्दिरमा बसको ठक्करबाट मोटर साईकल चालकको मुत्यु

चितवन, जेठ, १० । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० हरिहर मन्दिरमा बसको ठक्करबाट मोटर साईकल चालकको ज्यान गएको छ । एक जना घाईते भएका छन् ।                                 मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा न ११ का ३३ वर्षीया रमेश लामा रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । मोटरसाईकलमा पछाडी सवार भरतपुर महानगरपालिका वडा न १५ का सन्तोष कडेंलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।                                                              नारायणगढबाट बर्दीबास जादै गरेको ना ६ ख १२६३ नम्बरको बसले सोही दिशातर्फ गईरहेको ना ५६ प २३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । बस र बसचालकलाई ईलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।