नव-निर्मित प्रहरी व्यारेक भवनको उद्‌घाटन

पोखरा , १० जेष्ठ । 

गण्डकी प्रदेश प्रहरी कार्यालयको हाताभित्र नव-निर्मित प्रहरी व्यारेक भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले आज एक कार्यक्रमका बिच शिलालेख अनावरण तथा प्रवेशद्वारमा रिवन काटि उद्‌घाटन गर्नुका साथै उक्त भवनको निरीक्षण समेत गर्नुभएको छ ।

 

२०७२ सालको विनासकारी महाभुकम्पबाट क्षतीग्रस्त नेपाल प्रहरीको भौतिक संरचनाहरुको पून: निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पून: निर्माण प्राधिकरण बिच भएको सम्झौता बमोजिम उक्त व्यारेक भवनको निर्माण कार्य सम्पन्न भएको हो । उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक बोहरालाई प्रहरीको एक टुकडिले सम्मान सलामी अर्पण गरेको थियो । 


उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उत्कृष्ट प्रहरी सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक संरचनाहरुको समेत महत्वपर्ण भुमिका रहने बताउँदै आगामी दिनमा आम नागरीकलाई थप आधुनिक साथै प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सकिने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको छ ।


साथै दिनानुदिन नेपाल प्रहरी प्रति आम नागरीकको अपेक्षामा समेत वृद्दी भएको बताउदै जनताले प्रहरी मेरो साथी हो भन्ने महसुस गर्ने प्रहरी सेवा प्रदान गर्न उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत गर्नु भयो ।


साथै कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक हरिराज वाग्लेले जनता र प्रहरीसंगको समन्वयात्मक भुमिकाबाट मात्रै समाजलाई अपराधरहित दिशातिर उन्मुख गर्न सकिने बताउदै समुदायसंगको साझेदारीलाई जोडदिन सम्पुर्णमा आग्रह गर्नुभएको छ ।


कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बोहराद्धारा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कारले समेत पुरस्कृत गरिएको थियो ।


उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशजंग कार्की, संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेनद्र कुमार बश्याल लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।