भारतीय लोकसभा चुनाव : पाँच भोट आएपछि मेरै परिवारले धोका दिए भन्दै धुरु–धुरु रोए उम्मेदवार

एजेन्सी–भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा एक उम्मेदवार कम भोट आएको भन्दै धुरु-धुरु रोएका छन् ।

उनले भनेका छन्, ‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए ।’

नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए । चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन । सबैभन्दा बेखुसी त उनी आफ्नै परिवारले पनि भोट नदिँदा भएका हुन् ।

नीतू मतगणना केन्द्रमै धुरु(धुरु रुँदा मानिसहरूले उनका कुराको भिडियो रेकर्डिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरे ।