टिप्परको ठक्करबाट एक युवकको मृत्यु, नुवाकोटका अर्का युवक घाईते

 

काठमाडौँ, ९ जेठ । टिप्परको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङ रहेका छन्। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई वीर अस्पताल पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा ३ जना सवार रहेको बताइएको छ। मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।