पोखराको सेती नदीमा को हामफाल्यो मध्यरातमा ?, अहिलेसम्म बेपत्ता

पोखरा, जेठ ९ । पोखराको महेन्द्रपुलबाट गएराती एकजना सेती नदीमा हामफालेका छन् । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले राती अवेरसम्म खोजी गर्यो तर भेटाउन सकेन । ‘१० बजेतिर हामफालेको भन्ने खवर आयो । हामी गएर धेरै बेर खोज्यौं तर भेटिएनन् ।’ कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले भने ।

आर्मी र सशस्त्रको रेस्क्यु टोलिले पनि राती खोजतलास गरेको थियो । महेन्द्रपुलदेखि रामघाटसम्मको क्षेत्रमा खोजी गरेपनि पत्ता लागेको छैन । प्रहरीले विहानैदेखि रेस्क्यु टोलि खटाएको छ ।

हामफाल्ने ब्यक्ति को हुन् भन्ने केही खुलेको छैन । अन्दाजी ४० बर्षजस्तो देखिन् पुरुष ब्यक्ति हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् ।