चितवनको रामपुरमा कृषि प्रदर्शनी तथा कृषक मृला हुने

चितवन, ८ जेठ ।   कृषि तथा वन विज्ञान विश्रविद्यालयको दशौं स्थापना दिवसको अवसरमा कृषि प्रदशनी तथा कृषक मेला हुने भएको छ ।
 नेपालको कृषि क्षेत्रको समूल सुदृढिकरण गर्दै देशको आर्थिक सबलिकरणमा टेवा पुर्याउने उद्देश्यले स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयले अघिल्ला वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै आएको थियो । यो वर्ष आयोजना हुने कृषि प्रदर्शनी तथा कृषक मेला जेठको ३२ देखि असार ३ गतेसम्म आयोजना हुने विश्वविद्यालयले जनाएको छ ।
Rampur%2Bkrishi%2Bcampus%2B%2B2
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन परिसरको परिसरमा हुने मेलाका आकर्षण यसप्रकारका रहेका छन् ।
 
कृषि प्रबिधिको प्रदर्शनी
 
कृषि यान्त्रिकरणको प्रदर्शनी
 
कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम
 
बाली बिमा सम्बन्धि सुबिधा
 
बिभिन्न्न रैथाने बाली प्रदर्शनी
 
बैंकिंग सुबिधा
 
कृषि सम्बन्धि बिउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद
 
बाली उपचार शिविर
 
बिक्रि सुबिधा
 
कृषि सम्बन्धि पुस्तक एवं प्रकाशन वितरण
 
कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाको प्रदर्शनी
 
उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी
 
धान उत्पादनका लागि उन्नत खेति तालिम
 
रैथाने बालीको परिकारको प्रदर्शनी
 
विभिन्न परिकारका खाजा स्टलहरु
Rampur%2Bchitwan%2BKrishi%2Bcampus%2B8%2Bjestha
मेलामा प्रवेश निःशुल्क रहनेछ । मेलाले कृषक, कृषि पेशाकर्र्मी, कृषि प्राबिधिक, विद्यार्र्थी, कृषि उद्यमीलगायत कृषि मेसिनरी व्यवसायी विच सहकार्य, अन्तरक्रिया र समन्वयलाई थप प्रभावकारी रुपमा अगाडी बढाउदै यस कृषि क्षेत्र र समग्र देशकै उत्पादकत्व बढाउदै समृद्ध नेपाल निर्माणमा सहयोग पु¥याउने विश्वास विश्वविद्यालयले लिएको छ ।